नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन्।
एमालेको पक्षमा छैनौं भन्नेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री बनाएको ओलीको जिकीर थियो।
आइतबार काठमाडौंमा आयोजित पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै ओलीले भने, ‘भवितव्यमा दुई वटा सिट आयो। एमालेका विरुद्ध बोले। मन्त्री भए। जान्नुतान्नु केही पनि पर्दैन। एमालेको पक्षमा म छैन। एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेशन पुग्छ।’
देश बनाउनका लागि एउटा नीति, एउटा विचार, एउटा संगठनले नेतृत्व गर्नुपर्ने ओलीको तर्क थियो। उनले सत्तारुढ दलहरु दशतिर फर्केकाले उनीहरुबाट देश बन्नै नसक्ने पनि दोहोर्यााए।
उनले भने, ‘अहिलेको हेर्नुस्त मन्त्री ओ हो हो। के का मन्त्री हुन्, कस्ता मन्त्री हुन्? कस्तो गठबन्धन हो? यस्ता कुराहरुबाट हामी देश बनाउन सक्दैनौं। एउटा नीतिमा देश चल्नु पर्छ, एउटा विचारमा देश चल्नु पर्छ। एउटा संगठनले नेतृत्व गर्नुपर्छ। दशतिर फर्केका छन्। उसले उता डोरी तान्छ, अर्कोले उता डोरी तान्छ। त्यस्ताले कहाँ पुर्याउँछन देश? देशको रथ कता जाने। दश जनताले दशतिर तानेको छ। १० वटा पार्टीले दशतिर तानेको छ।’
अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई दक्षिणपन्थी शक्तिहरुले छिन्नभिन्न बनाउने प्रयास गरिरहेको पनि बताए।
उनले एमाले एक्लैले बहुमत ल्याएर देश बनाउन चाहेको पार्टीले देशव्यापी रुपमा ग्रासरुट अभियान चलाएको स्पष्ट पारे। आफूहरु अब गठजोडको पक्षमा नलाग्ने पनि ओलीले प्रष्टयाए।
Shares
प्रतिक्रिया