मिटरब्याजको आरोपमा सप्तरीबाट एकजना पक्राउ परेका छन्। सोमबार बिहान सप्तरीको राजविराजबाट एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीविरुद्ध आपराधिक विश्वासघात तथा ठगी मुद्दा चलिरहेको थियो। सप्तरीका डीएसपी नरेशकुमार सिंहले सुरेन्द्र मधेशी पक्राउ परेको पुष्टि गरे।
एक नेताका अनुसार पक्राउ परेका मधेशी सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य हुन्। उनी पार्टीका संस्थापक सदस्य समेत थिए भने डेरी व्यवसायी पनि हुन्।
मिटरब्याज पीडितहरू ११ दिन पैदल हिँडेर काठमाडौंमा न्याय माग्न संघर्ष चलिरहेको बेला सप्तरीबाट मधेशीलाई पक्राउ गरिएको हो।
गत शनिबार मात्र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजगत्वमा मिटरब्याज पीडितहरूले ५ बुँदे सहमति गरेका थिए।
108
Shares
प्रतिक्रिया