चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले मनोनयन दर्ता गरेका छन्।
विजय सुवेदी प्रस्तावक र कृष्णभक्त पोखरेल समर्थक रहेर न्यौपानेले उम्मेदवारी दिएका हुन्।
मंसिर ४ गते भएको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट न्यौपानेले टिकट पाएका थिए।
उमेदवारी दर्ता पनि भएर उनी प्रचारमा खटिएका थिए। अचानक एमाले केन्द्रबाट उनको टिकट खोसिएको थियो।
त्यतिबेला चितवन–३ मा नेपाली कांग्रेसबाट विद्रोह गरेका दिनेश कोइरालालाई समर्थन गरेपछि न्यौपानेको उमेदवारी पार्टी केन्द्रले खोसिदिएको थियो।
एमाले विद्यार्थी संगठन अनेरास्ववियुबाट पार्टी राजनीतिमा लागेका न्यौपाने युवा नेताका रुपमा परिचित छन्। दुईपटक अनेरास्ववियुको जिल्ला अध्यक्ष बनेका न्यौपाने २०७८ मा एमालेको चितवन जिल्ला अध्यक्ष भएका थिए।
39
Shares
प्रतिक्रिया