ad ad

राजनीति


रविबारे शंकर पोखरेल : देउवा-प्रचण्डबाट राहदानीमा क्षमादान पाएकाले सुशासनको घण्टी बजाउनुको अर्थ छैन

रविबारे शंकर पोखरेल : देउवा-प्रचण्डबाट राहदानीमा क्षमादान पाएकाले सुशासनको घण्टी बजाउनुको अर्थ छैन

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०७९ बुधबार २२:१८, काठमाडौँ

नेकपा एमनलेका महासचिव शंकर पोखरेलले चितवन २ को उपनिर्वाचनमा उम्मेदवारसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि कटाक्ष गरेका छन्।

उपनिर्वाचनमा एक्लाएक्लै मैदानमा रहेका रास्वपा र एमालेबीचको सम्बन्ध चिसिएको पुष्टि गर्ने गरी पोखरेलले लामिछानेमाथि प्रहार गरेका हुन्।

रवि पुस १० मा बनेको एमाले नेतृत्वको बलमा गृहमन्त्री बनेका थिए। तर उक्त गठबन्धन भत्किँदा रास्वपाले राष्ट्रपतिमा कांग्रेसलाई सघाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियोे।

प्रचण्डलाई विश्वासको मत दिनुअघि महान्यायाधिवक्ताको कार्यालयले रविविरूद्ध राहदानी मुद्दा नचलाउने निर्णय लिएको थियो।

यही प्रसंगलाई सम्झाउँदै पोखरेलले रवि र उनबि नेतृत्वको रास्वपामाथि कडा प्रहार गरेका हुन्। पोखरेलले अहिलेको गठबन्धनलाई सघाएर रविले राहदानी मुद्दामा क्षमादान लिएको पनि दाबी गरेका छन्। प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको यो गठबन्धनलाई पनि उनले भ्रष्टको संज्ञा दिएका छन्।

'मुलुकको वैध अर्थतन्त्रलाई कमजोर बनाएर अवैध अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने देउवा-प्रचण्डको नेतृत्वको भ्रष्ट गठबन्धनलाई राहदानी प्रकरणमा क्षमादानको याचनासहित समर्थन गर्नेहरुले उपचुनावमा सुशासनको 'घण्टी' बजाउनुको कुनै अर्थ र महत्व वाँकी रहेन', उनलेे भनेका छन्।

एमालेले चितवन २ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उठाएको छ। जहाँ नागरिकता प्रकरणमा माघ १३ सबै पद गुमाएका रवि पनि फेरि भिड्दैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .