नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीहरुबाट जोगिन आग्रह गरेका छन्।
शुक्रवार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नाम नलिई राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ २ का उम्मेदवार स्वर्णिम वाग्लेप्रति कटाक्ष गरेका हुन्।
उनले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिसहरु सावधान हुनुपर्ने बताए।
‘सावधान है! एउटा कुरा, अवसरवादीबाट जोगिनुहोला', उनले भने, 'अवसरवादीबाट सावधान हुनुस्, म त सावधान भइसकेँ। तपाईहरु पनि सवधान हुनुस्, मैले भन्ने यति हो।’
नेता कोइरालाले नेपाल सार्वजनिक सेवा कर्मचारी संघको राष्ट्रिय महाधिवेशन सफल पार्न शुभकामना व्यक्त गरे।
1.4k
Shares
प्रतिक्रिया