ad ad

राजनीति


सरकारले गन्तब्य तय गरिसक्यो, अब गति लिएर अघि बढ्छ : दिलेन्द्र बडू

सरकारले गन्तब्य तय गरिसक्यो, अब गति लिएर अघि बढ्छ : दिलेन्द्र बडू

फाइल तस्बिर


नेपालखबर
चैत २४, २०७९ शुक्रबार १७:२९, काठमाडौँ

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकार स्पष्ट गन्तव्यसाथ अगाडि बढ्ने बताएका छन्। 

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारले न्यूनतम साझा कार्यक्रममार्फत आफ्नो गन्तव्य स्पष्ट गरिसकेको बताए।

उनले अब सरकारले पनि पूर्णता पाउने बताए। उनले सरकार आफ्नो नीति र कार्यक्रम अनुसार स्पष्ट गन्तव्यका साथ अगाडि बढ्ने बताए।

‘अब सरकारले आफ्नो गन्तव्य स्पष्ट गरिसकेपछि सरकारको पूर्णता पाउने काममा पनि अब गति लेला नै', उनले भने,  'उपनिर्वाचन आदि कारणले केही ढिलाइ भयो। नीति र कार्यक्रम आएको छ, मलाई लाग्छ अब सरकार स्पष्ट गन्तव्यसाथ अगाडि बढ्छ।’

उनले संघमा बन्ने कानूनहरु छिटोभन्दा छिटो बनाउनसके प्रदेश र स्थानीय तहमा कानून बन्ने मार्ग प्रशस्त हुने बताए। सरकारले कानुन निर्माण गर्ने कुरालाई प्राथमिकतामा राखेको उनले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .