ad ad

राजनीति


मेयर बालेन्द्रको अर्काे आक्रोश– सरकारको कुनै इज्जत गर्दिनँ

मेयर बालेन्द्रको अर्काे आक्रोश– सरकारको कुनै इज्जत गर्दिनँ

नेपालखबर
चैत २५, २०७९ शनिबार ११:०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले नेताहरूपछि वर्तमान सरकारप्रति आक्रोश पोखेका छन्। 

फेसबुकमा ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ’ लेखेको एक घण्टापछि मेयर शाहले प्रचण्ड नेतृत्वको सरकारलाई आफूले इज्जत नगर्ने स्टाटस लेखेका हुन्।  

उनले वर्तमान सरकार भारत र चीनले बनाएको आरोप पनि लगाएका छन्। 

‘इन्डिया र चाइनाले बनाको सरकारको कुनै इज्जत गर्दिनँ म’, उनले आक्रोश पोख्दै प्रश्न गरेका छन्, ‘नेपाल स्वाधीन कहिले हुने? आफ्नो अस्तित्व कहिले बनाउने? लाज लाग्दैन?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .