बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ।
आज साँझ तीन मन्त्री नियुक्त गरेर सपथ खुवाउने तयारीमा रहेको स्रोतले जनाएको छ।
राप्रपा र एमालेले छोडेको ७ मन्त्रालयमा आज ३ मन्त्रालयको पदपूर्ति गर्ने तयारीमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल रहेका छन्।
स्रोतका अनुसार कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री बन्दै छन् भने कांग्रेसकै सांसद तिर्थ बहादुर लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा नियुक्त हुन लागेका हुन्।
यस्तै एकीकृत समाजवादीबाट कस्लाई अघि सार्ने भन्नेमा हाल सम्म पनि अन्यौलता देखिएको छ।
यद्यपी, नेकपा एसका एक सांसदका अनुसार यसबारेमा जानकारी नै नभएको बताएका छन्।
93
Shares
प्रतिक्रिया