ad ad

राजनीति


ढाकाकुमारलाई कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनुहोला : रवि लामिछाने (भिडिओ)

ढाकाकुमारलाई कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनुहोला : रवि लामिछाने (भिडिओ)

नेपालखबर
चैत २६, २०७९ आइतबार १९:१४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रकम मागेको अडिओ प्रकरणमा दोषी देखिए आफ्ना सांसद ढाकाकुमार श्रेष्ठलाई ७२ घन्टाभित्र कारबाही गर्ने दाबी गरेका छन्। 

आइतबार बारा–२ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले सो दाबी गरेका हुन्। 

‘यतिखेर हामीले भ्रष्टाचारको कुरा गरिरहँदा आज हाम्रा एकजना संघीय सांसदको अडिओ टेप सार्वजनिक भएको कुरा मैले सामाजिक सञ्जालबाट जानकारी प्राप्त गरेको छु,’ लामिछानेले अघि भने, ‘म स्पष्ट पार्न चाहन्छु, भ्रष्टाचारका विषयमा हाम्रो भनाई, हाम्रो गराई र हाम्रो कुरा सधैं एउटै हो। त्यो अडिओ सार्वजनिक हुने बित्तिकै मैले पार्टी पंक्तिमा ७२ घन्टाभित्र छानबिन गर्नू भनेर अल्टिमेटम दिएको छु।’

उनले देशका भ्रष्टाचार काण्डहरू ७२ वर्षदेखि अड्किएको भएपनि आफ्नो पार्टीमाथि प्रश्न उठेपछि तत्काल कारबाही हुने पनि बताए। 

‘देशका भ्रष्टाचारका काण्डहरु ७२ वर्षदेखि अड्किएका होलान मलाई मतलब छैन। तर हाम्रो पार्टीभित्र प्रश्न उठेपछि त्यसको निराकरण हुन्छ,’ उनले भने, ‘यो छानबिन नहुँदासम्म सांसदको रुपमा र हाम्रो पार्टीको साधारण सदस्यको रुपमा पनि हाम्रा सांसद ढाकाकुमार श्रेष्ठलाई कुनै कार्य गर्न दिने छैन।’

भिडिओ:

लामिछानेले अघि थपे, ‘मैले ७२ घन्टाको अल्टिमेटम दिएको २ घन्टा भइसक्यो, अब ७० घन्टामा सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्न सकिनँ भने मलाई यही गढिमाईमा बलि दिनुहोला।’

श्रेष्ठ दोषी देखिएको खण्डमा आफैं प्रहरी र अख्तियारमा आफैं हस्ताक्षर गर्न जाने पनि बताए। 

‘कारबाहीमा ल्याउन अनुसन्धानमा जानका लागि प्रहरीको निवेदनमा आफैं हस्ताक्षर गर्छु र भन्छु मेरो सांसदले घुसखोरी गरेको रहेछ भने सख्त कारबाही गर्नू भनेर अख्तियारमा म आफैं जान्छु,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .