ad ad

राजनीति


तनहुँमा रविले भने : अबको पाँच वर्षभित्र हाम्रो नेतृत्वमा सरकार बन्छ

तनहुँमा रविले भने : अबको पाँच वर्षभित्र हाम्रो नेतृत्वमा सरकार बन्छ

फाइल तस्बिर


नेपालखबर
चैत ३०, २०७९ बिहिबार १५:७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको पाँच वर्षभित्र आफूहरुको नेतृत्वमा केन्द्रीय सरकार बन्ने बताएका छन्। 

तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेको पक्षमा बिहीबार मत माग्ने क्रममा उनले यस्तो बताएका हुन्। 

गत मंसिरको निर्वाचनमा २० सांसद घण्टी बजाउँदै संसदमा छिरेको उनले उल्लेख गरेका छन्। 

'अब हामी पाँच वर्षभित्र हाम्रै नेतृत्वको सरकार बनाउने गरी घण्टी बजाउँछौँ', उनले भने, 'गत निर्वाचनमा चितवन २ ले दिएको सन्देशअनुसार २० सांसद निर्वाचित भए। अबको पाँच वर्षपछि हाम्रै नेतृत्वमा सरकार बनाउने गरी घण्टी बज्नेछ।'

लामिछानेले तनहुँबासीले पनि स्वर्णिम वाग्लेलाई चितवन २ मा आफूलाई जिताए जस्तै जिताउने विश्वास व्यक्त गरे। 

उनले स्वर्णिम वाग्ले तनहुँ १ का मात्रै उम्मेदवार नभएको बताउँदै देशले आश गरेको एकजना नेताका रुपमा ब्याख्या गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .