ad ad

राजनीति


गौतमबुद्ध क्रिकेट रंगशाला बनाउँदा लागेको १२ करोड ऋण सरकारले तिरिदिने

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउँदा लागेको १२ करोड ऋण सरकारले तिरिदिने

नेपालखबर
बैशाख ३, २०८० आइतबार २२:१०, काठमाडौँ

चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको १२ करोड ऋण सरकारले तिरिदिने भएको छ। धुर्मुस–सुन्तली फाउन्डेशनले दाबी गरेको १८ करोडमध्ये १२ करोड ऋण सरकारले तिर्ने भएको हो। 

सरकारले सो ऋण रकमबारे छानविन गर्नका लागि समिति बनाएको थियो। उक्त छानविन समितिले साढे १२ करोडमात्रै ऋण मुल्याकंन निकाल्दै प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदन अनुसार सरकारले १२ करोड ऋण तिर्ने निर्णय गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए। 

ती मन्त्रीका अनुसार उक्त रकम राष्ट्रिय खेलकुद परिषद् मार्फत धुर्मुस सुन्तली फाउन्डेशनलाई उपलब्ध गराइनेछ। 

साढे १२ करोड ऋण तिरेपछि सम्पूर्ण स्वामित्व लिँदै सरकारले बाँकी निर्माणको काम अघि बढाउनेछ। जसका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पससँग आवश्यक प्राविधिक सहयोग लिने तयारी पनि भएको ती मन्त्रीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .