ad ad

राजनीति


पूर्ण निको नभएपछि जाँचका लागि शिक्षण अस्पताल पुगे राष्ट्रपति पौडेल

पूर्ण निको नभएपछि जाँचका लागि शिक्षण अस्पताल पुगे राष्ट्रपति पौडेल

फाइल तस्वीर


नेपालखबर
बैशाख ४, २०८० सोमबार १२:४८, काठमाडौँ

गत चैत अन्तिम साता पेटमा समस्या आएपछि चार दिन अस्पताल बसेर फर्किएका राष्ट्रपति रामचन्द्र पौडेल नियमित जाँचका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए।

बायाँ छातीको तल्लो भागबाट भागबाट भिडियो एक्सरे (अल्ट्रा साउण्ड) को सहायताले परीक्षणका लागि पानी निकाली परीक्षणका लागि पठाइएको निजी चिकित्सक डा. निरज बमले बताएका छन्।

यसअघि कोखा दुखेको र संक्रमण जस्तो देखिएका उनलाई एन्टिबायोटिक दिइएको थियो। 

राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकको सल्लाहअनुसार अस्पतालबाट शितल निवास फर्किएको उनको सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .