ad ad

राजनीति


वैशाख १० को उपनिर्वाचनले राष्ट्रिय प्रभाव पार्ने छ : प्रदीप पौडेल

वैशाख १० को उपनिर्वाचनले राष्ट्रिय प्रभाव पार्ने छ : प्रदीप पौडेल

नेपालखबर
बैशाख ५, २०८० मंगलबार १४:२६, काठमाडौँ

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आगामी वैशाख १० गते हुने उपनिर्वाचनले राष्ट्रिय प्रभाव पार्ने बताएका छन्। 

कुनै एउटा व्यक्तिको जितमा मात्रै यो उपनिर्वाचन सीमित नभएको भन्दै उनले विवेकपूर्ण तरिकाले मतदान गर्न मतदातालाई आग्रह समेत गरेका छन्। 

तनहुँको दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले अहिले कांग्रेस संसदकै ठूलो पार्टी रहेकोले जनताको आकांक्षा अनुसार काम गरिरहेको पनि बताए। 

‘यो उपनिर्वाचन कुनै एउटा व्यक्तिको जितमात्र जोडिएको छैन। यो उपनिर्वाचनमा हामीले गर्ने छनोटले व्यक्तिगत रुपमा मात्र नभई राष्ट्रिय रुपमा प्रभाव पार्ने देखिन्छ,’ सांसद पौडेलले भने, ‘यो उपनिर्वाचनमा आफ्नो मतको विवेकपूर्ण तरिकाले प्रयोग गर्न आग्रह गर्छु।’

उनले अहिलेको सत्ता गठबन्धन नेपालको राजनीतिमा समृद्धिको आधार तय गर्ने खुड्किो भएको पनि बताए। 

‘जनताको म्यान्डेट एउटै दलले सरकार बनाउने खालको बनेन। नयाँ गठबन्धन नेपाली कांग्रेस नेतृत्वमा बनेको छ। यसलाई नेपालको राजनीतिमा समृद्धिको आधार बनाउने रुपमा विकसित गर्ने छौं,’ पौडेलले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .