ad ad

राजनीति


परराष्ट्रमन्त्री साउदसँग बेलायती राजदूतको भेटवार्ता

परराष्ट्रमन्त्री साउदसँग बेलायती राजदूतको भेटवार्ता

नेपालखबर
बैशाख ७, २०८० बिहिबार १३:३३, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदलाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले बधाई दिएकी छन्। 

बिहीवार परराष्ट्र मन्त्रालयमा राजदूत पोलिटले भेट गरी मन्त्री साउदलाई बधाई दिएकी हुन्। 

त्यसअवसरमा उनीहरुबीच आपसी विकास सहयोग, नेपाल र बेलायतबीच १०० वर्ष लामो सम्बन्ध एवम् जलवायु परिवर्तन र आपसी हितका अन्य क्षेत्रका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

हालै परराष्ट्रमन्त्री नियुक्त भएका साउदसँग भारत, अमेरिकालगायत देशका राजदूतले भेटेरै बधाई दिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .