तनहुँ क्षेत्र नम्बर १ को मतदानपछि अहिले मतपेटिका संकलन गरिँदैछ।
सदरमुकाम दमौलीस्थित जिल्ला समन्वय समिति परिसरमा मत गन्ने गरी १५२ वटै केन्द्रका मतपेटिका ओसारेर ल्याउने तयारी गरिएको छ।
मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यकाअनुसार अहिलेसम्म एक सय बढी केन्द्रको मतपेटिका दमौली ल्याइएको छ। देवघाटका केही केन्द्र टाढा भएकाले त्यहाँका मतपेटिका ल्याएपछि सर्वदलीय बैठक बसी गणनाको काम गरिने उनले बताए। '१० बजेअगावै सबै मतपेटिका आए सबै दलहरू आजै मतगणना गर्ने पक्षमा देखिन्छन्, देवघाटका मतपेटिका समयमै आए रातिदेखि नै गणना सुरु हुनसक्छ,' उनले भने।
तनहुँ १ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना रातिदेखि नै गर्ने तयारी गरिएको छ।
यस क्षेत्रमा ६३ हजार ७५७ मत खसेको छ। यो कुल मतदाताको ५१ प्रतिशत हो। यस क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता रहेका थिए।
30
Shares
प्रतिक्रिया