चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ। सोमबार दिउँसोबाट सुरु भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायम राखेका छन्।
अहिले भरतपुरको मतगणना भइरहेको छ। पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई उछिनेका छन्।
नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ३ हजार ९९९ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जितनारायण श्रेष्ठले ४ हजार १४५ मत प्राप्त गरेका छन्।
यसअघिको नतिजामा एमाले उम्मेदवार न्यौपाने दोस्रो स्थानमा थिए भने जितनारायण श्रेष्ठ तेस्रो स्थानमा थिए।
पछिल्लो परिणाम अनुसार श्रेष्ठले न्यौपानेको भन्दा १४६ मत बढी पाएका छन्।
अहिलेसम्म २४ हजार ७७९ मत गणना सकिएको छ।
84
Shares
प्रतिक्रिया