ad ad

राजनीति


रविले भने : अब सरकारलाई समर्थन गरिरहनुको औचित्य छैन

रविले भने : अब सरकारलाई समर्थन गरिरहनुको औचित्य छैन

मतगणनास्थलमा रवि लामिछाने। तस्बिर : सुनिता विष्ट/नेपालखबर


नेपालखबर
बैशाख १२, २०८० मंगलबार १०:४७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई अब समर्थन गरिरहुनको औचित्य पुष्टि हुन नसक्ने बताएका छन्। 

चितवन क्षेत्र नम्बर २ मा विजयनजिक पुगिसकेका उनले मतगणनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। 

'हामी समग्र राष्ट्रकै उन्नतिका लागि काम गर्छौँ। अब गठबन्धन सरकारालई दिएको समर्थनको औचित्य पुष्टि हुनुपर्छ', उनले भने, 'जनताले बाहिरै रहेको हेर्न चाहेका पनि कुरा आएको छ। यसबीचमा हामी सरकारमा हुँदाको न्यूनतम् साझा कार्यक्रम पनि परिवर्तन भए।'

उनले आफूले २०४६ यताका भ्रष्टाचारका सबै फाइल खोल्न गरेको प्रस्तावसम्बन्धी बुँदा पनि प्रचण्ड नेतृत्वको सरकारले हटाएको बताए। 

'हामीले सरकारमा हुँदा भ्रष्टाचाका फाइल छानबिन हुनुपर्छ भनेका थियौँ। तर भ्रष्टाचारका फाइल खोल्ने हाम्रो प्रस्ताव न्यूनतम् साझा कार्यक्रमबाट हटाइएको छ', उनले भने, 'अब हामीले सरकारलाई समर्थन गरिरहनुको औचित्य छैन। सरकारलाई दिएको समर्थनलाई पुनर्विचार गर्छौँ, यसबारे हामी काठमाडौं गएपछि छलफल हुन्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .