बारा २ मा जारी मत गणनाामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले मतान्तर ५ हजार पुर्याउनै लागेका छन्।
पछिल्लो मतपरिणामअनुसार जसपा अध्यक्ष यादवले आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहासँगको मतान्तर ४ हजार ८ सय १३ बनाएका हुन्।
यो खबर लेख्दासम्म यादवले १५ हजार १ सय ८३ मत ल्याएका छन् भने कुशवाहाले १० हजार ३ सय ७० मत पाएका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार २७ मत प्राप्त गरेका छन्।
अहिलेसम्म ३५ हजार ३ सय १३ मत गनिसकिएको छ।
60
Shares
प्रतिक्रिया