प्रतिनिधि सभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा २ मा जारी मत गणनाामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन्।
आफ्नो पकड क्षेत्रको मत गणना नहुँदै उनले जनमतका शिवचन्द्र कुशवाहसँग ५ हजार १३ को मतान्तर बनाएका छन्।
यहाँ कुल ६८ हजार ८८७ मत खसेकोमा ४१ हजार ७६८ मत गणना भएको छ। जसपाका उपेन्द्रले १८ हजार ९६ मत पाएका छन्। १३ हजार ८३ मतसहित कुशवाह दोस्रोमा छन्।
अहिलेसम्मको गणनामा नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ४५९ मत प्राप्त गरेका छन्।
उपनिर्वाचन भएका ३ मध्ये २ क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भने यस क्षेत्रमा कुनै उत्साह देखिएन। रास्वपाबाट उम्मेदवार रहेका रमेश खरेलले जम्मा २ हजार १६३ मत मात्रै पाएका छन्।
138
Shares
प्रतिक्रिया