प्रदेश २ सरकारले पहिलो पञ्चवर्षीय आवधिक योजनाको आधारपत्र सार्वजनिक गरेको छ।
बुधबार पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले पहिलो पञ्चवर्षीय आवधिक योजना (२०७६) सार्वजनिक गरेको हो। आधारपत्र सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउतले यसैलाई टेकेर अगामी दिनमा अगाडि बढ्ने बताए।
पत्रकार सम्मेलनमा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आउँदो पाँच वर्षपछि प्रादेशिक आर्थिक वृद्धि दर ११ प्रतिशत पुर्याउने लक्ष्य लिएको बताए। प्रदेश २ को आर्थिक वृद्धि दर ६.५३ बाट आउँदो पाँच वर्षमा ११ प्रतिशत पुग्ने लक्ष्य राखिएको उनको भनाइ थियो।
२७.७ प्रतिशत रहेको गरिबी दर घटाएर २१ प्रतिशतमा झार्ने लक्ष्य लिएको बताउँदै उनले भने, ‘प्रदेशको कूल ग्राहस्थ उत्पादन ४ सय ८८ अर्बबाट ६ सय अर्ब पुर्याउँछौँ र आउँदो पाँच वर्षमा प्रदेशको प्रति व्यक्ति आय एक हजार अमेरिकी डलर पुर्याउने हाम्रो लक्ष्य छ।’
प्रतिक्रिया