नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य स्पष्ट नरहेको बताएका छन्।
आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
‘नेपालमा शिक्षाको उद्देश्य स्पष्ट छैन। राज्यले शिक्षाको उद्देश्य तय गर्न सकेको छैन। संघीय शिक्षा ऐन नआएको भनेर व्यापक रुपमा प्रश्न खेपिरहनु परेको छ,’ सांसद पौडेलले भने, ‘त्यो आएपनि त्यसले उद्देश्य तय गर्ने स्थिति देखिरहेको छैन। खालि प्रशासनिक ढंगबाट कसरी तौरतरिका मिलाउने भन्ने सम्बन्धी मात्रै छ। संघमा गएको प्रदेशले के गर्ने, पालिकाले के गर्ने?’
उनले सरकारले शिक्षाको स्पष्ट उद्देश्य तय गर्न अझै नसकेको बताए। ‘यसको सैद्धान्तिक उद्देश्य के हो? यसका बारेमा यो शिक्षा ऐन पनि स्पष्ट छ जस्तो मलाई लाग्दैन,’ पौडेलले भने, ‘राज्यको काम अहिले जम्मा एफिलेशन दिने मात्रै छ।’
उनले संघीय शिक्षा ऐन नआउँदा धेरै प्रश्न खेपिरहेको उल्लेख गर्दै संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य स्पष्ट पार्न नसक्ले दाबी गरे।
उनले शिक्षाको सैद्धान्तिक उद्देश्य के हो भन्ने बारेमा संघीय शिक्षा ऐनले स्पष्ट पार्न नसक्ने पनि बताए। उनले निजी क्षेत्रमा राम्रो शिक्षा प्रदान हुन्छ भन्नेकुरा पनि पछिल्लो समय खस्कँदै गएको बताए।
‘त्यसलाई व्यवस्थित ढंगले कसरी चलाउने? त्यसले राष्ट्रिय उद्देश्य कसरी पूरा गर्ने भन्ने छैन। एफिलेशन दिने मात्रै कुरा प्रधान हो भन्ने लाग्दैन,’ उनले भने, ‘निजी क्षेत्रले राम्रो शिक्षा दिन्छ भन्ने थियो त्यो पनि बिग्रँदै गयो। किनभने छाता त सरकारकै नियन्त्रणमा हुन्छ।’
नेता पौडेलले नेपालमा गुणस्तरीय शिक्षा छैन भन्ने सन्देश विश्वमा फैलिरहेको पनि बताए।
Shares
प्रतिक्रिया