ad ad

राजनीति


प्रधानमन्त्रीको गुनासो : सरकारका राम्रा कामको चर्चा छैन, नकारात्मक कुरा गर्ने धेरै भए

प्रधानमन्त्रीको गुनासो : सरकारका राम्रा कामको चर्चा छैन, नकारात्मक कुरा गर्ने धेरै भए

मौलाकाली केवलकार उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
बैशाख १८, २०८० सोमबार १६:५०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा सकारात्मकभन्दा नकारात्मक कुरा गर्ने अराजक प्रवृत्ति देखापरेको बताएका छन्। 

सोमवार चितवनमा मौलाकाली केवलकार समुद्घाटन समारोहमा बोल्दै उनले राजनीतिमा आत्मविश्वास, प्रेरणा र आशा जगाउनेभन्दा सबैतिर अँध्यारो देखाउने प्रवृत्ति बढेको उल्लेख गरे। 

उनले यो विषय गम्भिर र घातक भएको बताएका छन्। प्रधानमन्त्री दाहालले राजस्व बढ्दै गएको र विदेशी मुद्राको सञ्चिति पनि उत्साहप्रद रहेको उल्लेख गर्दै बैंकको ब्याजदर पनि घटाउन जोडबल गरिरहेको सुनाए। 

‘हामीले जनतामा निराशा र हतासा बाँड्ने काम बरु रोकिदिनु पर्छ । मैले यो कुरा खाली शाब्दिक रुपले मात्रै भनेको होइन, मेहनत गरेपछि हुनसक्छ भन्नेकुरा ई–पासपोर्टदेखि लाइसेन्समा लाइन डरलाग्दो थियो अहिले लाइनको समस्या छैन’, उनले भने, ‘विद्यालयमा पुस्तक नपुगेर दश वर्षसम्म हाम्रो के हालत थियो अहिले विद्यार्थी भर्ना हुनुभन्दा अगाडि नै पुस्तक पुग्यो विकटभन्दा विकट जिल्लामा। विदेशमा गएका लाखौँ नेपालीका लागि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने निर्णय गरियो। लाखौँ युवाहरुले अब त्यसबाट लाभान्वित हुँदैछन्। रेमिट्यान्स बढ्दो क्रममा छ। गएको चार महिनामा हे¥यो भने त्यो बढ्दैछ। अझ बढाउने तयारीमा छौँ। राजश्व बढ्दै छ।’

दाहालले भएका राम्रा कामहरुलाई राम्रो भन्न नसक्ने, नराम्रोलाई सच्याउन आँट गर्न नसक्ने देखिएको बताए। 

‘विकास भन्ने कुरा मुस्किल र चुनौतिपूर्ण कुरा हुन्छ। आजभोलि राजनीतिमा आत्मविश्वास, प्रेरणा जगाउने, आशा जघाउने, सकारात्मक पहल गर्नेभन्दा जतासुकै अध्यारो देखाउने, सब अँध्यारो’, उनले भने, ‘सबै उस्तै हुन् भन्ने एउटा प्रवृत्ति अराजक प्रवृत्ति देखापर्न खोजेको छ । हामी सबैको निम्ति त्यो बडो गम्भीर र घातक हुनसक्छ। यसमा हामी सबै सजग हुन जरुरी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .