ad ad

राजनीति


प्रतिनिधिसभामा आजदेखि प्रि-बजेटमाथि छलफल हुने

प्रतिनिधिसभामा आजदेखि प्रि-बजेटमाथि छलफल हुने

नेपालखबर
बैशाख २५, २०८० सोमबार ९:४७, काठमाडौँ

प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दै छ। 

संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बैठक बस्नेछ।

बैठकका लागि सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ। 

बैठकमा आजबाट सरकारले प्रस्तुत गरेका आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट)  माथि छलफल हुनेछ। आइतबारदेखि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानअनुसार बर्खे अधिवेशन सुरु भएको थियो।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका थिए।

 प्रि-बजेटमाथि वैशाख २७ गतेसम्म छलफल हुने कार्यसूची रहेको छ।

वैशाख २७ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यतालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .