नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले प्रचण्डपथ महतपथमा विलय भएकोमा बधाई ज्ञापन गर्दै कटाक्ष गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले सो कुरा बताएका हुन्।
दुई वटा विषयमा अहिलेको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिँदै उनले सो कुरा बताए।
‘प्रचण्डपथ महतपथमा विलय भएको मैले महसुस गरेको छु। त्यसका लागि मैले बधाई भनेको हुँ,’ सांसद बास्कोटाले संसद बैठकमा भने।
बजेटको सिद्धान्त र प्राथमिकताका समाजवाद भन्ने शख्द कतै नभएको भन्दै उनले पोलिसि डिपार्चर गर्न सकेको भन्दै नेपाली कांग्रेसलाई पनि बधाई दिए।
‘दुईवटा कुरामा बधाई। प्रधानमन्त्री पुष्पकमल दाहालजीलाई दिन चाहन्छु। किनभने यहाँ समाजवाद भन्ने शब्द कहीँ छैन। त्यसैले यो पोलिसि डिपार्चर गर्न सकेकोमा कांग्रेसलाई बधाई छ। कमसेकम माओवादीले समाजवाद छाडेको यहाँ देखिएको छ,ङ्घ सांसद बास्कोटाले भने।
सुरक्षित आवासको एजेण्डा र नीति क्षेत्रलाई प्रोत्साहन गरेकोमा आफू खुसी रहेको उनले बताए।
‘सुरक्षित आवासको एजेण्डा उहाँले राख्नुभएको छ म त्यसमा पनि बधाई भन्न चाहन्छु। नीजि क्षेत्रलाई प्रोत्साहित गरिएको छ, खुसी व्यक्त गर्न चाहन्छु। हाम्रो जस्तो देशमा राज्यको लगानी कति महत्वपूर्ण छ भन्ने सोच्न आग्रह गर्छु,’ सांसद बास्कोटाले भने।
उनले अघि प्रश्न गर्दै भने, ‘आर्थिक क्षेत्रमा देखिन खोजेको अराजकताको नियन्त्रण कसरी गर्नुहुन्छ? त्यसतर्फ ध्यान नदिएको मैले पाएको छ।’
Shares
प्रतिक्रिया