नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले आज पनि निरन्तरता पाउनेछ।
एमाले केन्द्रीय कार्यालय (च्यासल) मा बिहीबारदेखि जारी बैठक दोस्रो दिन आज (शुक्रबार) बिहान साढे १० बजे सुरु हुने पार्टीको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
एमालेका केन्द्रीय सदस्य रिजालका अनुसार आजको बैठकमा हिजोका बाँकी रिपोर्ट पेस हुनेछ। त्यसपछि आठवटा समूह विभाजन गरिनेछ।
‘छलफलपछि समूहका तर्फबाट सुझावहरू पेस हुन्छ’, उनले भने, ‘अनि स्थायी कमिटी बैठक बसेर ती सुझावहरूका आधारमा वार्षिक कार्ययोजना तय गरी भोलि (शनिबार) केन्द्रीय कमिटीको बैठकमा पेस हुन्छ।’
उनका अनुसार दिउँसो साढे २ बजेसम्म प्रस्तुतिहरू सकेर दिउँसो ३ बजे च्यासलमै स्थायी कमिटी बैठक गर्ने योजना छ।
36
Shares
प्रतिक्रिया