नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठनहरूले शुक्रबार सरकारले थालेको भ्रष्टाचारविरुद्धको कदमलाई साथ दिँदै प्रदर्शन गरेको छ।
‘भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता र खबरदारी गरौं’ भन्ने नारासहित वाइसिएल नेपालसहितका जनवर्गीय संगठनले प्रदर्शन गरेका हुन्।
काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनमा सहभागीहरूले नागरिक बेच्न पाँइदैन, भ्रष्टाचार गर्न पाइँदैन, मानव तस्कर अन्त्य गर, टोपबहादुर रायमाझी खोई?, म माओवादी भ्रष्टाचार गर्न गर्दिन र गर्न पनि दिन्न लगायतका प्लेकार्डहरू बोकेका थिए।
हेर्नुस् तस्बिरहरूः
54
Shares
प्रतिक्रिया