ad ad

राजनीति


माओवादीसँग एकतापछि संगठनात्मक अराजकता बढेको थियो : पोख्रेल

माओवादीसँग एकतापछि संगठनात्मक अराजकता बढेको थियो : पोख्रेल

फाइल फोटो


नेपालखबर
बैशाख ३१, २०८० आइतबार ७:४५, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले अहिले नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको तर भविष्यको काम गर्ने पार्टी कहिल्यै पुराना नहुने बताएका छन्।

उनले सरकारमा उदाएका नयाँ दलप्रतिको आम धारणालाई इंगित गर्दै नेकपा एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी भएको दाबी गरे। 

मार्क्सवाद र जनताको जबज मार्गदर्शनमा अघि बढेको एमाले यथास्थितिवादी हुन नसक्ने भन्दै एमाले एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी भएको बताएका छन्।

माओवादी केन्द्रसँगको एकताले एमालेमा वैचारिक राजनीतिक काम हुन नसकेको र संगठनात्मक अराजकता बढेर गति केही कमजोर भए पनि अहिले मिसन ग्रासरुटले त्यो गतिहीनता अन्त्य गरेको दाबी गरे। मिसन ग्रासरुटले एकीकृत शक्ति निर्माणको जग तयार भएको पनि उनले बताए।

नयाँ हुनेबित्तिकै स्वतः विकल्प हुने, राम्रो र सफल हुन्छ भन्ने नहुने बताउँदै उनले विचारधाराको जगमा खडा भएको बलियो राष्ट्रिय शक्तिले मात्र यथास्थितिवादको दुश्चक्रलाई तोड्ने सामर्थ्य राख्ने उल्लेख गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .