प्रधानमन्त्रीसहित तीन शीर्ष नेताबीचको छलफलपछि पुनः तिनै दलका थप नेता तथा सचेतकसहितको बैठक सुरु गरिएको छ।
प्रधानमन्त्री निवास (बालुवाटार) मा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफलपछि तीन दलका थप नेतासहित पुनः सामूहिक संवाद थालिएको हो।
छलफल संसद्को प्रभावकारिता, आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
साथै सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयकबारे छलफल भइरहेको बताइएको छ।
बैठकमा तीन शीर्ष नेतासहित उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका सचेतक रमेश लेखकलगायत नेता सहभागी छन्।
Shares
प्रतिक्रिया