ad ad

राजनीति


तीन दिनभित्र विषयगत समितिको बैठक प्रारम्भ गर्ने कार्यव्यवस्था परामर्श समितिको निर्णय

तीन दिनभित्र विषयगत समितिको बैठक प्रारम्भ गर्ने कार्यव्यवस्था परामर्श समितिको निर्णय

नेपालखबर
बैशाख ३१, २०८० आइतबार १६:४०, काठमाडौँ

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तीन दिनभित्र विषयगत समितिको बैठक प्रारम्भ गर्ने सहमति भएको छ। आइतबार बसेको समितिको बैठकमा आगामी जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हुने प्रश्नोत्तर कार्यक्रम प्रभावकारी बनाउनेबारे पनि छलफल भएको छ। 

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार संसदीय सुनुवाइ र राज्यका निर्देशक समितिबीच संयुक्त समिति गठन गर्ने, नीति तथा कार्यक्रम संयुक्त सभामा पेश गर्ने तयारी तथा पोशाक र प्रतिक चिन्हको प्रयोग सम्बन्धमा निर्णय भएको छ। 

साथै, कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा सहभागी सांसदहरूले बजेट निर्माण गर्दा मन्त्रीहरूले सांसदसँग छलफल नगरेको भन्दै गुनासो गरेका थिए। 

माननीयहरुले आकस्मिक, शुन्य र विशेष समयमा उठाएका विषय र सभामुखले दिएको रुलिङबारे सरकार जवाफदेही हुनुपर्ने छलफल बैठकमा भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .