ad ad

राजनीति


गणतन्त्रमाथि हिलो छ्याप्न खोजिँदैछ : प्रधानमन्त्री प्रचण्ड

गणतन्त्रमाथि हिलो छ्याप्न खोजिँदैछ : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
जेठ ६, २०८० शनिबार १३:१८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरू बैठकमा बस्नुलाई नराम्रो दृष्टिकोणबाट लिन नहुने बताएका छन्।

शनिबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको पदास्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको बताए।

‘सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरु बस्दा यो अभियान र आन्दोलनलाई सामसुम पार्न बसेका हुन् की भनेर शंका गर्ने गरिएको छ, हामी सदनलाई कसरी सुचारु गर्ने भनेर बसेका हौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘साथै देशमा एकथरी मानिसहरु नेपाली जनताले झन्डै ७ दशक भन्दा बढी संघर्ष गरेर प्राप्त परिवर्तनलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको छ।’

उनले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुको बैठक बस्दा भ्रष्टाचार प्रकरणलाई सामसुम बनाउन लागेको हो की भन्ने शंका गर्ने गरिएको भन्दै आफूहरु सदनलाई प्रभावकारी बनाउन र परिवर्तनलाई उल्ट्याउने प्रयत्नबिरुद्ध एकजुट हुनका लागि बसेको बताए।

‘त्यसरी बस्नुको तात्पर्य १२ बुँदे समझदारी हुँदै विस्तृत शान्ति सम्झौता र संविधानको घोषणामा एकसाथ उभिएका दलहरू फेरि एक ठाउँ उभिनुपर्ने स्थिति आउनसक्छ भनेर बसेका हौँ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रधानमन्त्री दाहालले पुँजीबजार सम्बन्धीका सेटिङहरु भत्काएको बताए। उनले सरकारले रेमिट्यान्सको वृद्धि गर्न पनि काम गरिरहेको पनि बताए। 

‘पुँजीबजार सम्बन्धी त्यहाँ हुने सबै सेटिङहरूलाई हामीले भत्काएका छौँ। राजश्व वृद्धि गर्न त्यसलाई अलि सुदृढ गर्न कडा कदम चाल्नेतिर अघि बढेका छौँ। रेमिट्यान्सको वृद्धि गर्न गम्भीर कदम चालेका छौँ,’ उनले भने। 

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको तयारी नयाँ रेकर्ड बनाउने गरी हुन लागेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .