ad ad

राजनीति


नजान्ने मान्छेले चिट चोरेको जस्तो नीति तथा कार्यक्रम आयो : ओली

नजान्ने मान्छेले चिट चोरेको जस्तो नीति तथा कार्यक्रम आयो : ओली

नेपालखबर
जेठ ६, २०८० शनिबार १५:२०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम समाजप्रति गम्भीर नबनेको आरोप लगाएका छन्। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रममा ‘शब्दजाल’ बाहेक केही नभएको टिप्पणी गरे। 

‘नीति तथा कार्यक्रम नजान्ने मान्छेले चिट चोरेको जस्तो छ। अघि डा साबले भन्नुभयो नि हामीले राखेका कार्यक्रम पनि राखेको रहेछ। अरु कुराहरु राख्ने उहाँहरुको आँट, मनस्थिति नै छैन,’ ओलीले भने। 

नीति तथा कार्यक्रममा राजनीति अस्थिरता, अन्यौलता र अराजकताको बारेमा कुनै चिन्ता नभएको ओलीको भनाई छ। 

‘यस नीति तथा कार्यक्रममा राजनीति अस्थिरता, अन्यौलता र अराजकताको बारेमा कुनै चिन्ता छैन। समाजले हजारौं वर्ष लगाएर बनाएका मूल्य मान्यताका बारेमा ध्यान छैन,,’ ओलीले भने। 

साथै, संघीयतामाथि प्रश्न उठेका विषयमा जवाफ माग गरेका छन्। 

‘संघीयतामाथि जे जति प्रश्न उठेका छन् त्यसको उत्तर के हो? संघीयता आवश्यक छ यस अर्थले र यसलाई सवलीकरणल गर्छौं भनेर कहीँपनि भएको छैन,’ उनले भने।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै नीतिमाथि छलफल नभएको उनले बैठकमा सम्बोधनको क्रममा भने। 

‘नीति नै छैन नि यसमा। नीतिमाथि कुनै छलफल नै छैन। यो हाम्रो डेस्टिनेशन हो, यसबाटोबाट जाने हो, भनेर नीति तथा कार्यक्रम आउनुपर्ने हो,’ ओलीले भने, ‘त्यसले काम पनि गर्नसक्थ्यो। यो त नजानेर बेग्लै कुरा हो, सबै राम्रा शब्दहरू राख्न खोजिएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .