प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमेरशकुमार सिंहले नगदेबालीलाई सरकारले उधारोबाबली बनाएको भन्दै आपत्ति जनाएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले उखु किसानले भुक्तानी नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘हामी बच्चादेखि पढ्दै आएको भनेको उखु नगदेबाली हो। हाम्रो सरकारले नगदेबालीलाई उधारोबाली बनाइदियो,’ सांसद सिंहले भने, ‘किसानलाई न समयमा मल दिने, न बीउ दिने सरकार उल्टै सरकारले दुःख गरेर उखु उत्पादन गर्छ तर सरकारले त्यसलाई उधारो बनाइदिन्छ।’
उखुबालीबाट भएको आम्दानी अनुसारको भुक्तानी नपाउँदा अहिले धानबालीका लागि पनि समस्या भइरहेको उनले बताए। ‘जुन उखु किसानको पेमेन्ट हुन सकेको छैन, त्यो पैसा नआउँदा धानबाली समेत लगाउन किसानले सकेका छैनन। यसमा सरकारको ध्यानाकर्षण होस्,’ उनले भने।
33
Shares
प्रतिक्रिया