ad ad

राजनीति


ओलीको प्रष्टीकरण : ४ गते बिरामी थिएँ, शरणार्थी प्रकरणबारे बोल्न केही समय लाग्छ

ओलीको प्रष्टीकरण : ४ गते बिरामी थिएँ, शरणार्थी प्रकरणबारे बोल्न केही समय लाग्छ

नेपालखबर
जेठ ७, २०८० आइतबार १३:१४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणको बारेमा बोल्न केही समय लाग्ने बताएका छन्। 

आइतबार (७ जेठ) बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा ओलीले सो कुरा बताएका हुन्। 

त्यसअघि यस प्रकरणबारे ४ गतेको संसद बैठकमा बोल्ने बताएका थिए। तर उक्त दिन ओली संसदमा अनुपस्थित भए। 

यस विषयमा आजको संसदमा के जवाफ आउँछ भन्दै सांसदहरूले सोधेका थिए। 

‘४ गते म आफैं अस्वस्थ भएँ, बिरामी भएर संसदमै आउन सक्ने कुरा भएन,’ ओलीले भने, ‘तत् सम्बन्धमा अलिक समय लाग्छ बोल्नका लागि। आज त्यसमा डिटेलमा जान चाहन्न। किनकी म त्यो जिल्लाको मान्छे हुँ, जहाँबाट भुटानी शरणार्थीहरुको समस्या सुरु हुन्छ।’

हाम्रो देशमा रहेका भुटानी शरणार्थीलाई लिनका लागि आफूले कुरा गरेको पनि ओलीले दाबी गरे। 

‘सन् १९८९÷९० मा भुटानले नेपाली मुलका नेपाली भाषीहरुलाई खेदेपछि उनीहरु विभिन्न खोला किनारमा आएर अलपत्र ढंगले अलपत्र ढंगले बसे,’ ओलीले संसदमा भने, ‘विभिन्न संघसंस्था र नेपाल सरकारको ध्यानाकर्षण हामीले गराउन सक्यौं। क्याम्पहरुमा हामीले राख्यौं। त्यसपछि भुटानसँग वार्ता प्रारम्भ गर्यौं।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री भएको बेलामा चार चरणसम्म भुटानी शरणार्थीको विषयमा छलफल भएको उनले बताए। 

‘त्यसबेलामा पुराना मित्र माननीय शेरबहादुर देउवाजी गृहमन्त्री हुनुहुन्थ्यो, उहाँले पहिलो, दोस्रो, तेस्रो र चौंथो चरणको वार्ता भयो,’ ओलीले अघि भने, ‘५१ पछि म गृहमन्त्री भएँ। पाचौं र छैठौं वार्ता मैले गरे। त्यसबेला मैले स्पष्ट बुझेँ भुटान शरणार्थी सुन्नै चाहँदैन। भुटानी र शरणार्थी भन्न पनि चाहँदैन। त्यस्तो अवस्थामा फिर्ता त परै जाओस् कहाँ कहाँबाट जम्मा गरेर ल्याएको मान्छे भन्छ।’

त्यसपछि १५औं चरणसम्म वार्ता भएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .