ad ad

राजनीति


आगलागीबाट जलेयता पहिलो पटक संसदमा सम्बोधन गर्दै चन्द्र भण्डारी

आगलागीबाट जलेयता पहिलो पटक संसदमा सम्बोधन गर्दै चन्द्र भण्डारी

संसदमा बोल्दै चन्द्र भण्डारी


नेपालखबर
जेठ १०, २०८० बुधबार १४:२८, काठमाडौँ

गत फागुनमा आगलागीमा परेर घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका छन्।

उनी बुधबार प्रतिनिधिसभा बैठकमा उपस्थित भएर नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका हुन्।  

जेठ ३ गते सभामुख देवराज घिमिरे आफूलाई भेट्न बत्तिसपुतलीस्थित निवासमा पुग्दा सांसद भण्डारीले आफूले नीति तथा कार्यक्रममा आफ्ना केही कुराहरु राख्न चाहेको बताएका थिए।

गत फागुन ३ गते काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्यास लिक भइ आगलागी हुँदा भण्डारी घाइते भएका थिए। 
उनको भारतको मुम्बईस्थित बर्न अस्पतालमा उपचार भएको थियो। 

झन्डै तीन महिना लामो स्वास्थ्य उपचारपछि भण्डारीलाई वैशाख १७ गते स्वदेश फर्काइएको थियो। 

आगलागीमा परेर भण्डारीसँगै उनकी आमा जलेर घाइते भएका थिए। आमाको भोलिपल्ट कीर्तिपुर अस्पतालमा निधन भएको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .