ad ad

राजनीति


कांग्रेसले भन्यो- साझा सहमतिबाट ‘कोशी’ प्रदेशको नामकरण गरियो

कांग्रेसले भन्यो- साझा सहमतिबाट ‘कोशी’ प्रदेशको नामकरण गरियो

नेपालखबर
जेठ ११, २०८० बिहिबार १५:२९, काठमाडौँ

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले साझा सहमतिबाट कोशी प्रदेशको नामकरण गरिएको बताएको छ। नेपाली कांग्रेस कोशी प्रदेशले बिहीबार एक विज्ञप्ति निकाल्दै आन्दोलनरत सबैलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुनेगरी मागहरू राख्न आग्रह गरेको छ। 

प्रदेश सभापति उद्धव थापाले जारी गरेको विज्ञप्तिमा अन्य ६ वटा प्रदेशको नामाकरण भइसकेको अवस्थामा राख्नैपर्ने भएर कोशी नामकरण गरिएको बताइएको छ। 

‘अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसकेका थिए तर तत्कालिन प्रदेश नं। १ ले नाम राख्न सकिरहेको थिएन,’ विज्ञप्तिमा भनिएको छ, ‘नाम राख्नैपर्ने थियो र साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरियो।’

साथै कोशी प्रदेश सरकारलाई तत्काल वार्ता समिति बनाई आन्दोलनरत पक्षलाई वार्तामा बोलाई उचित मागहरूलाई यथासक्य सम्बोधन गर्न समेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ। 

‘आन्दोलनरत पक्षलाई प्रदेश सरकारको तर्फबाट धरपकट गर्ने, कर्फ्यू लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दुर्व्यावहार गर्ने कार्य रोक्न आग्रह गर्दै परिस्थितिलाई शान्त बनाउदै शान्तिपूर्ण निकास र समस्या समाधानको लागि सबै पक्षबाट सकारात्मक पहलको लागि नेपाली कांग्रेस, कोशी प्रदेश आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

कोशी प्रद्येश नामकरण परिवर्तन गर्दै आन्दोलनमा उत्रिएकाहरूको स्वास्थ्य उपचार प्रदेश सरकारले ब्यहोर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .