नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा हुने निर्वाचनमा नेकपा एमालेले हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी प्रतिनिधित्व हुने दाबी गरेका छन्।
स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजना गरिएको अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।
उनले वडादेखि केन्द्रसम्म ५१ प्रतिशत बढी भए हरेक ठाउँमा निर्वाचन जित्न सकिने दाबी समेत गरे।
‘सबै सूचना ज्ञान हुँदैन। सूचनालाई विषयगत रुपमा व्यवस्थित गर्यौं भने त्यो ज्ञान हुन्छ। ०८४ को चुनावमा हाम्रो पार्टीले लिएको नीति भनेको हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी हुनुपर्छ,’ अध्यक्ष ओलीले भने, छवडामा, टोलमा, भोटमा सिटमा हरेक ठाउँमा। वडा सदस्यदेखि लिएर पालिका अध्यक्ष उपाध्यक्ष लगायत ५१ प्रतिशत भन्दा माथि छौं भने हरेक ठाउँमा जित्नसक्छौं।’
त्यसका लागि अहिलेबाटै तयारीमा लाग्न उनले निर्देशन समेत दिए।
‘त्यसका लागि अहिलेदेखि नै त्यसरी लागियो भने मात्र ती काम गर्न सक्छौं। तपाईंहरुसँग आफ्नो कार्ययोजना हुनुपर्छ। त्यो ग्राफिकमा हुनुपर्छ,’ अध्यक्ष ओलीले भने।
Shares
प्रतिक्रिया