ad ad

राजनीति


गणतन्त्र दिवसका दिन सजाय माफी पाउने कैदीबन्दीलाई छाड्ने तयारी भइरहेको छ– प्रधानमन्त्री

गणतन्त्र दिवसका दिन सजाय माफी पाउने कैदीबन्दीलाई छाड्ने तयारी भइरहेको छ– प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
जेठ १३, २०८० शनिबार १३:१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैद माफी दिन मिल्ने कैदीबन्दीलाई गणतन्त्र दिवसका दिन रिहा गर्ने तयारी भइरहेको बताएका छन्।  

पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन ‘इच्छुक’को २१औँ स्मृति दिवसका अवसरमा आज प्रेस सेन्टर नेपालले साँखुमा आयोजना गरेको १९औँ साधारणसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले उक्त जानकारी दिएका हुन्। 

प्रधानमन्त्रीले भने, ‘गणतन्त्र दिवसका दिन सजाय माफी दिन मिल्ने कैदीबन्दीलाई छाड्ने तयारी भइरहेको छ।’

कारागारमा असल चालचलन भएका केही अपराधका कैदीबन्दीलाई सरकारले विशेष पर्वका अवसरमा बाँकी कैद माफी मिनाहा गरी छाड्ने गरेको छ। सोही क्रममा यस वर्ष जेठ १५ गते पनि केही कैदीबन्दी छुट्दै छन्। तर गम्भीर अपराधका कैदीबन्दीलाई यो सुविधा हुँदैन। 

यसबीच सरकारले टीकापुर हत्याकाण्डका दोषी ठहर भई जेल जीवन बिताइरहेका रेशम चौधरीलाई पनि आममाफी दिने तयारी गरिरहेको छ। तर उनलाई आममाफीका लागि शुक्रबार राष्ट्रपतिको कार्यालयमा पठाइएको फाइल राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयमै फिर्ता गरिदिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .