प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा केही हदसम्म कर्मकाण्डी नै भएको स्वीकार गरेका छन्।
आर्थिक वर्ष २०८०÷०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्।
‘यो अलि कर्मकाण्डी नै छ। यसले देशको अघि उपस्थिति आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक समस्याको समाधान गर्न सकिँदैन भन्ने भनेर आएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा कयौं आधारभूत कुराहरु यसअघिका सरकारले ल्याउने जस्तै रहेको उनले बताए।
‘जसले यसलाई कर्मकाण्डी भन्नुभएको छ, म एक हदसम्म भन्ठान्छु, यो कर्मकाण्डी पनि छ। कयौं आधारभूत कुराहरु यसअघिका सरकारहरुले ल्याउने पनि यस्तै हुन्थ्यो,’ उनले भने, ‘त्यसकारण यो कर्मकाण्डी नै हो भने, हिजो सरकारको नेतृत्व गर्ने साथीहरुले भन्नुपर्ने हुन्थ्यो, हिजो सरकारको नेतृत्तव गर्ने पार्टी र नेता साथीहरुले भन्नुपर्ने हुन्छ, विल्कुल ठिक आयो।’
प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘हामीले ल्याएको जस्तै आयो। हामीले पनि यस्तै ल्याउँथ्यौं, अहिलेको सरकारले पनि त्यस्तै ल्याएको हुनाले समर्थन गर्नुपर्ने हुन्छ। पहिलाकोले ल्याएको यो भन्दा गुणात्मक रुपमा फरक थियो र?’
Shares
प्रतिक्रिया