आज (आइतबार) पनि प्रतिनिधिसभाको बैठक बस्दै छ।
संघीय संसद् सचिवालयका अनुसार संसद् भवन (नयाँ बानेश्वर) मा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको हो।
आजको बैठकका लागि सम्भावित कार्यसूची पनि बनाइसकिएको छ।
सार्वजनिक कार्यसूचीअनुसार आजको बैठकबाट ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८०’ पारित गर्ने तयारी छ।
पारितका लागि उक्त नियमावली संसद् बैठकमा पेस गर्नुअघि उक्त नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसछि मस्यौदा प्रतिवेदनमा प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्। यसपछि पारितका लागि नियमावली पेस गरिनेछ।
यसअघि हिजो (शनिबार) बसेको प्रतिनिधिसभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो।
Shares
प्रतिक्रिया