ad ad

राजनीति


संसदीय समितिको नेतृत्वबारे दलहरुसँग सभामुखको असन्तुष्टि

सात दिनभित्र सहमतिमा नेतृत्व छान्न आग्रह
संसदीय समितिको नेतृत्वबारे दलहरुसँग सभामुखको असन्तुष्टि

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरे। तस्बिर : संसद् सचिवालय


नेपालखबर
जेठ १५, २०८० सोमबार १५:४४, काठमाडौँ

सभामुख देवराज घिमिरेले संसदीय समितिको नेतृत्व चयन हुन नसकेकोमा असन्तुष्टि जनाएका छन्।

सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संसदीय समितिको नेतृत्व अझै पनि चयन नभएकोबारे दलहरुको गम्भीर ध्यानाकर्षण गराएका हुन्। 

उनले मंसिर ४ मा चुनाव भएर पनि ६ महिना भइसक्दा संसदीय समितिहरुले नेतृत्व नपाएको भन्दै दलहरुसँग असन्तुष्टि पोखेका हुन्। 

‘संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिएको छैन। ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ’, उनले भने, ‘उपसमिति पनि ज्येष्ठ सदस्यले नै नेतृत्व गर्नुभएको छ। सभापति चयन नहुँदा विधेयकहरुको छलफलले गति लिएको छैन।’ 

उनले अबको सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्न पनि दलहरुलाई आग्रह गरेका छन्। होस् । ‘सात दिनभित्र सहमतिमा नेतृत्व चयन गरिसक्नुस्’, उनले भने, ‘यदि त्यसो हुन नसक्ने हो भने निर्वाचनबाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस्।’

यस्तो छ प्रगति? 
•    मंसिर ४ गते प्रतिनिधि सभा निर्वाचन
•    पुस २५ गते प्रतिनिधि सभाको पहिलो बैठक
•    चैत १९ गते प्रतिनिधि सभा नियमावली २०७९ पारित
•    वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन
•    जेठ २ गते प्रतिनिधि सभाका १० वटा विषयगत समितिको पहिलो बैठक, बैठकको सभापतित्व ज्येष्ठ सदस्यबाट
•    जेठ १४ गते संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) पारित, दुई संयुक्त समिति गठनका लागि बाटो खुला, तर, संसदीय सुनुवाइ विशेष समितिका सदस्यहरुको मात्रै मनोनयन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .