राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदमा निर्वाचित बिन्दबासिनी कंसाकारले सभामुख देवराज घिमिरेले स्वागत गरेका छन्।
सोमबार साँझ ६ बजे बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले कंसाकारलाई संसदमा स्वागत गरेका हुन्।
उनले आजै दिउँसो ३ बजे सिंहदरबारस्थित कानुन समितिको हलमा सांसद पदको शपथ लिएकी थिइन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको आदिवासी जनजाति कोटाबाट उनी सांसद पदमा निर्वाचितत भएकी थिइन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडिओ सार्वजनिक भएसँगै रास्वपाले तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठलाई पदबाट हटाएको थियो।
त्यसपछि खाली भएको स्थानमा रास्वपाले कंसाकारलाई निर्वाचित गरेको थियो।
69
Shares
प्रतिक्रिया