राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन क्षेत्र समिति गठनका लागि आज प्रारम्भिक निर्वाचन गरिरहेको छ।
रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार मोबाइल एपबाट भइरहेको मतदान बिहान ७ बजे सुरु भएको हो। बेलुकी ७ बजेसम्म जारी रहने मतदान आगामी २० गतेसम्म हुनेछ।
निर्वाचन क्षेत्र समितिमा रहन देशभरबाट ११ सय ९४ जनाको उम्मेदवारी परेको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए।
देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १५४ क्षेत्रबाट उम्मेदवारी परेको र बाँकी ११ वटा निर्वाचन क्षेत्रबाट भने उम्मेदवारी नपरेको उनले बताए।
कूल ८२५ पदका लागि ११ सय ९४ जनाको उम्मेदवारी परेको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए।
निर्वाचन क्षेत्र समिति गठन गर्नका लागि ‘जान्नेहरूमध्ये सर्वोत्कृष्ट छान्न’ प्रारम्भिक निर्वाचन गरिएको रास्वपाले जनाएको छ।
69
Shares
प्रतिक्रिया