ad ad

राजनीति


देउवाकी धर्मबहिनी पूर्वमन्त्री पाण्डेको निधन, कांग्रेसले तीन दिन शोक मनाउने

देउवाकी धर्मबहिनी पूर्वमन्त्री पाण्डेको निधन, कांग्रेसले तीन दिन शोक मनाउने

नेपालखबर
जेठ १६, २०८० मंगलबार १७:२८, काठमाडौँ

नेपाली कांग्रेसकी नेतृ मिना पाण्डेको निधन भएको छ। पूर्वमन्त्री तथा पूर्वसांसद् समेत रहेकी पाण्डेको मंगलबार सर्लाहीमा निधन भएको हो।

उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री बनेकी थिइन्। २०४८, २०५१ र २०७४ मा प्रतिनिधि सभा सदस्य र २०६४ मा संविधान सभा सदस्य थिइन्।

२०३६ सालमा पद्मकन्या बहुमुखी क्याम्पसको पहिलो स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रहिसकेकी नेतृ पाण्डेसँग सभापति शेरबहादुर देउवा भाइटीका लगाउँदै आएका थिए।

२००८ सालमा जन्मिएकी पाण्डेले २०३५ मा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेकी थिइन्।

नेपाल महिला संघको दुई पटक सभापति रहिसकेकी नेतृ पाण्डेले प्रजातन्त्रको स्थापना र पुनर्स्थापनाका क्रममा पटक–पटक जेल जीवन बिताउनु परेको थियो।

कांग्रेसले पाण्डेप्रति सम्मान प्रकट गर्दै जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने र जेठ १७ गते केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।

निधन भएको १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राखिने र  १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गरिने निर्णयसमेत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .