ad ad

राजनीति


‘अखण्ड भारत’मा लुम्बिनी र कपिलवस्तु राखेपछि देशभर विरोध गर्न मसालको आह्वान

‘अखण्ड भारत’मा लुम्बिनी र कपिलवस्तु राखेपछि देशभर विरोध गर्न मसालको आह्वान

नेपालखबर
जेठ १७, २०८० बुधबार १०:६, काठमाडौँ

भारतको नवनिर्मित संसद्‌को 'अखण्ड भारत' कक्षमा नेपालको लुम्बिनी र कपिलवस्तु पनि राखेकोमा मोहनविक्रम सिंह नेतृत्वको मसालले आपत्ति जनाएको छ।

मंगलबार प्रेस वक्तव्य जारी गर्दै मसालले नेपाली भूभागलाई समेत समेटेर भारतले 'अखण्ड भारत' भनिएको नक्सा आफ्नो संसद् भवनको भित्तामा राखेको विरुद्ध देशभर विरोधसहित प्रदर्शन गर्न आह्वान गरेको छ। भारतको उक्त कदम साम्राज्यवादी चरित्र भएको बताउँदै जारी विज्ञप्तिमार्फत् उक्त कार्यको मसालले निन्दा गरेको छ।

विज्ञप्तिमा भनिएको छ, 'हाम्रो पार्टीका सबै तह लगायत सम्पूर्ण नेपाली जनतालाई भारतीय साम्राज्यवादको उक्त कार्यका विरुद्ध देशव्यापी रुपमा विरोध सहित प्रदर्शन गर्नका लागि आव्हान गर्दछौँ।'

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणको ठीक अघि भारतले उक्त नक्सा सार्वजनिक गर्नुमा मसालले आशंका पनि व्यक्त गरेको छ। यस्तो कार्यले दुवै मुलुकबीचको सम्बन्ध र मित्रतामा आँट आउने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री प्रचण्डलाई भ्रमणका क्रममा उक्त विषयलाई गम्भीरतापूर्वक उठाउन पनि मसालले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .