ad ad

राजनीति


शीतल निवास पुगेर प्रधानमन्त्रीले गराए आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

शीतल निवास पुगेर प्रधानमन्त्रीले गराए आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

फाइल तस्बिर


नेपालखबर
जेठ १७, २०८० बुधबार १०:५२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजदेखि हुने आफ्नो भारत भ्रमणका विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्।  

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री प्रचण्डले आज बिहान शीतल निवास पुगेर आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्। 

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूले आजदेखि हुने आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको छ’, प्रेस सल्लाहकार पोखरेलले भने।  

राष्ट्रपतिलाई भेट्न गएको टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल पनि थिए।

चार दिन भारत भ्रमणका लागि प्रधानमन्त्री आज दिउँसो नयाँदिल्ली प्रस्थान गर्दै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .