कोशी प्रदेशस्थित नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पहिचनावादी आन्दोलनकारीले अघि सारेको माग वार्ताबाट समाधान आग्रह गरेका छन्।
प्रदेश १ को स्थायी नाम कोशी राखिएपछि दुई महिनादेखि आन्दोलित पहिचानवादीहरुलाई सम्बोधन गर्न कांग्रेसका १४ जिल्लाका सभापतिहरुले सरकारसँग माग गरेका हुन्।
उनीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गरेर पहिचानवादी आन्दोलनकारीले प्रदेशको नाम कोशी हटाउन गरेको मागप्रति ध्यानाकर्षण भएको जनाउँदै वार्ताबाट समाधान खोज्न भनेका हुन्।
जिल्ला सभापतिहरुले पहिचान पक्षधर जनताले आफ्नो मागको सुनुवाइका लागि गरिरहेको आन्दोलनमा भएको सरकारी दमनको पनि भर्त्सना गरेका छन्।
42
Shares
प्रतिक्रिया