अभिनेत्री मनिषा कोइरालाले अघिल्लो संसद्को कार्यकालयमा प्रमाणीकरण नभएर थन्किएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले पारित गरेपछि लेन्डुप दोर्जेलाई सम्झिएकी छन्।
पौडेलले बुधवार नागरिकता विधेयक प्रमाणीकरण गरे बलिउड अभिनेत्री मनिषा आक्रोशित भएकी हुन्।
कडा राजनीतिक टिप्पणी दिने क्रममा उनले नागरिकता विधेयकका नाममा नेपालमा पनि सिक्किमी राजा लेन्डुप दोर्जेहरु जस्तै देखिन थालेको बताएकी छन्।
रामचन्द्र पौडेललाई राष्ट्रपति पदसम्म पुर्याएर सिक्किमलाई भारतमा विलय गराउने भूमिका खेलेका लेन्डुपकै रुपमा उतार्न थालिएको आशय उनले व्यक्त गरेकी छन्।
— Manisha Koirala (@mkoirala) May 31, 2023Yaad ayo lendup dorje ko…
‘याद आयोग लेन्डुप दोर्जेको...’ नागरिकता विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति पौडेलतिर लक्षित गर्दै उनले भनेकी छन्, ‘सोच्न कुनै गाह्रो छैन, किन यो कुर्सी दिइयो भनेर।’
उनले नागरिकता विधेयकविरुद्ध आक्रोशयुक्त विचार प्रकट गरिररहेकी छन्। विभिन्न समाचार सामाग्री ट्वीटरमा सेयर गर्दै उनले राष्ट्रपतिको कदम राष्ट्रघाती भएको सन्देश दिइरहेकी छन्।
लेन्डुप दोर्जे सिक्किमका बासिन्दा थिए। उनकै अगुवाइमा सिक्किम भारतमा विलय भएको थियो। सिक्किमलाई भारतमा विलय गराएका उनको पार्टीलाई पछि भारतले नै हराएर राजनीतिबाट किनारा लगाइदिएको थियो।
Shares
प्रतिक्रिया