सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ वटा उजुरी परेका छन्।
बुधवार दिउँसो सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुलाई जानकारी दिँदै समितिका ज्येष्ठ सदस्य सभापति अर्जुननरसिंह केसीले समितिमा १२१ वटा उजुरी परेको बताएका हुन्।
उनले समितिले जुनसुकै विचाराधीन पुराना फाइल खोलेर त्यसमाथि अनुसन्धान अघि बढाउन सक्ने बताए। उनले समितिमा हालसम्म परेका नयाँ र पुराना उजुरीमाथि समितिका सांसदहरुले अध्ययन गर्नसक्ने बताए।
उनले भने, ‘१२१ वटा सबै फाइलहरू माननीय सदस्यहरूले पढ्नुस्। १२१ वटा फाइल सबै माननीयहरूमा पुगोस् भन्ने मेरो चाहना थियो, त्यो पुगेको छ, यहाँहरूले त्यसलाई अध्ययन गर्नुस्, आवश्यकता अनुसार छलफलका लागि प्रश्ताव गर्नुस्। समितिले उजुरी गर्ने दुवै पक्षलाई राखेर दुवैको भएको के हो भन्ने बारेमा जानकारी लिन्छ। कुनैपनि पक्षलाई कुनै रिसिबिले कसै एकप्रति मात्रै हेर्ने भन्ने हुँदैन। समिति जुनसुकै बेला खेलेर छलफल गर्नसकिन्छ। कसैलाई आग्रह वा पूर्वाग्रह गर्ने भन्ने हुँदैन।’
उनले समितिले जुनसुकै समयमा उजुरी दिने र पर्ने दुवैलाई राखेर छलफल गर्नुपर्ने आवश्यक्ता भए छलफल हुनुपर्ने बताए। उनले समितिले पक्ष वा विपक्ष कसैलाई पनि आग्रह वा पूर्वाग्रह राखेर हेर्न नहुने बताए।
Shares
प्रतिक्रिया