शहरी विकासमन्त्री सीता गुरुङले नयाँ संसद भवन निर्माणको म्याद सरकारले थप्न नसक्ने बताएकी छन्।
बिहीवार सिंहदरबारस्थित निर्माणधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले यसअघि पनि सरकारले दुई पटकसम्म म्याद थपिसकेको भन्दै अब ठेक्का समय थप्न नसक्ने बताएकी हुन्।
उनले आउँदो हिउँदे अधिवेशन नयाँ संसदबाट नै शुरु गर्ने सरकारको योजना रहेको बताइन्। उनले निर्माणको काम सुस्त रहेको भन्दै कामलाई तिब्रता दिन निर्देशन दिइन्। उनले म्याद थप समस्याको समाधान नभएको उल्लेख गर्दै जनशक्ति बढाएर काम गर्न निर्देशन दिइन्।
उनले भनिन्, ‘हामी हिउँदे अधिवेशन यहीँबाट नै शुरुवात गर्नुपर्छ भन्ने पक्षमा छौँ। निरन्तर फलो गरिरहेको छु। निर्माणको काम सुस्त छ, यसलाई अघि बढाउन निर्देशन दिएपछि प्रगति भएको छ। जनशक्ति थोरै छ, बढाउनुपर्छ, नीतिगत निर्णय गर्न र भुक्तानी दिन हामी तयार छौँ। म्याद थप्ने होइन समयमा नै काम सक्नुपर्छ।’
मन्त्री गुरुङले तोकेको समयभित्रै काम सम्पन्न हुनुपर्ने र कुनै व्यवधान भए हटाउन मन्त्रालय नीतिगत निर्णय गर्न र समयमा नै भुक्तानी गर्न सक्षम रहेको बताए।
Shares
प्रतिक्रिया