एक महिनाअघि एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी छाडेर फर्किएका मुकुन्द न्यौपानेलाई नेकपा एमालेले केन्द्रीय सदस्य बनाएको छ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एकीकृत समाजवादी छाडेर फर्किएका भागवत विश्वासी र चूडामणि जंगली तथा जनता समाजवादीबाट फर्किएका हेमराज राईलाई पनि केन्द्रीय सदस्य बनाइएको छ।
शुक्रबारको सचिवालय बैठकले गत वर्ष भदौमा नेकपा माओवादी केन्द्र छाडेका नेता यामबहादुर परियारलाई नेकपा एमालेले केन्द्रीय सदस्य बनाएको छ।
गत वर्ष ३० भदौमा माओवादी छाडेका तत्कालीन केन्द्रीय सदस्य यामबहादुरलाई शुक्रबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
माओवादीको चितवन जिल्ला सहइञ्चार्ज समेत रहेका परियार त्यसबेला एमाले केन्द्रीय कार्यालय च्यासलमा आएर प्रवेश गरेका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगाएर प्रवेश गरेका उनले १० महिनापछि केन्द्रीय सदस्यको भूमिका पाएका हुन्। चितवनमा प्रभावशाली मानिने परियारसहितले पार्टी छाडेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ छाडेर मंसिरको निर्वाचनमा गोरखा जान बाध्य भएका थिए।
को को बने केन्द्रीय सदस्य?
१. मुकुन्द न्यौपाने, काठमाडौं
२. प्रेमबहादुर सिंह, कालिकोट
३. चूडामणि जंगली, कास्की
४. भागवत विश्वासी, दाङ
५. हेमराज राई, भोजपुर
६. ठम्मर विष्ट, सुर्खेत
७. उमाशंकर अरगरिया, धनुषा
८. यामबहादुर परियार, चितवन
९. इकवाल मियाँ, बारा
१०. गणेश खनाल, गुल्मी
११. सुरेन्द्र मानन्धर, काठमाडौं
१२. अजय गुप्ता, रौतहट
१२. प्रेम तामाङ, रसुवा
Shares
प्रतिक्रिया